सेवाका २० वर्ष

सधैभरि अग्रपङ्क्‍तिमा क्यापिटल
सहकारीका माध्यमबाट सेयर सदस्यहरूलाई उद्यमशील तथा सक्षम व्यवसायी बनाउने ध्येय लिएर विस २०५७ सालमा स्थापना भएको क्यापिटल सेभिङ्ग एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेड आज आफ्नो क्षेत्रको बलियो सहकारीका रूपमा स्थापित छ।
आफ्ना सेयर सदस्यहरूको हित नै क्यापिटल सेभिङ्ग एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडको प्रधान कार्य हो।  सेयर होल्डरहरूको हितका लागि नै कोभिड १९ को महामारीको डरलाग्दो परिस्थितिमा पनि सबै सुरक्षा मापदण्ड पूरा गरेर क्यापिटल सेभिङ्ग एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडले २०७६ चैत २० गतेदेखि नै आफ्ना सेवा सुरू गरेर निरन्तरता दिइसकेको थियो। सधैभरि अग्रपङ्क्‍तिमा उभिने क्यापिटलमाथि सेयर सदस्यरूको अटुट माया पाउनुको यो मात्र एउटा मात्र कारण होइन। महामारीको डरलाग्दो परिस्थितिमा घर बाहिर आउन नसकेका र नगद अभावका कारण अप्ठ्यारामा परेका हाम्रा सेयर सदस्यलाई आवश्यक नगद घरदैलोमा नै पठाउने व्यवस्था समेत क्यापिटलले गरेको थियो।


समग्र सुरक्षाका उपाय अपनाएर पनि कोभिड १९ को महामारीको डरलाग्दो परिस्थितिमा सेयर सदस्यहरूको हित खटिने हाम्रा कर्मचारी साथीहरू, सञ्चालक समितिका पदाधिकारीहरू तथा विभिन्न समितिका सदस्यहरूलाई नोबल कोरोना भाइरसको संक्रमण नहोला भन्न सकिने परिस्थिति छैन। हाम्रो जोड सुरक्षा उपायमा अत्यधिक छ त्यससँगै उहाँहरू सबैको कोभिड १९ को बिमा समेत गरिएको छ। यसका अतिरिक्त यो महामारीमा सेयर सदस्यहरूमध्ये कसैलाई पनि उपचार सेवा आवश्यक परेको खण्डमा काठमाडौँ कलंकीमा रहेको नेशनल हस्पिटलको सहकार्यमा उपचार गर्न सकिने व्यवस्था पनि गरिएको छ।
अहिलेको अवस्थामा हामीले भन्ने पर्ने हुन्छ, सुरक्षित रहनुहोस्, स्वस्थ्य रहनुहोस्।
हाम्रो प्रगति
स्थापनाको पहिलो आर्थिक वर्ष २०५७/५८ मा क्यापिटल सेभिङ्ग एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडको शेयर पूँजी करिब रू. ६ लाख ६७ हजार, निक्षेप रू. ११ लाख ६५ हजार र कर्जा लगानी रू. ५ लाख ३९ हजार  थियो।
आजका दिनमा संस्थाको शेयर पुँजी रू. १२ करोड १ लाख ५३ हजार ३ सय,  निक्षेप रू. २ अर्ब ६४ करोड ६५ लाख ६६ हजार ९ रूपैयाँ ९८ पैसा र कर्जा लगानी रू. २ अर्ब २१ करोड १८ लाख २२ हजार ५ सय ५७ रूपैया ३९ पैसा पुगेको छ। यतिबेला जगेडा कोषतर्फ रू. ८ करोड १० लाख २६ हजार ३ सय ४१ रूपैया ७० पैसा, कर्जा नोक्सानी व्यवस्था तर्फ रू. ३ करोड ३१ लाख ७७ हजार ३ सय ३८ रूपैया ३६ पैसा रहन गएको छ। विभिन्न कर मार्फत राजस्वको रूपमा करिव रू. १ करोड ५५ लाख रूपैयाँ तिरेका छौं।
हाम्रो स्थिर सम्पत्तिको रूपमा काठमाडौँ नारायण चौरमा २५ आना जग्गामा फैलिएको ६ तलाको घर जग्गा रहेको छ।
प्रमुख उद्देश्य, लक्ष्य  र सुशासन
संस्थामा सदैव सुशासन कायमगरी स–साना पूँजीलाई एकिकृत गरी त्यसको सहि सदुपयोग गर्ने क्यापिटल सेभिङ्ग एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडको प्रमुख उद्देश्य हो। यसै अनुरूप संस्थालाई अघि बढाइ संस्थाको कार्यसञ्चालन क्षमतामा अझ सुधार गरी संस्थाको उत्पादकत्व तथा सेवाहरू अझ बढाउदै सदस्यहरूको आर्थिक, सामाजिक जिवनस्तरमा सुधार ल्याई दिगोरूपमा विकास गर्ने हाम्रो लक्ष्य हो। सोही लक्ष्य अनुसार सहकारी मूल्य र मान्यता बमोजिम संस्थाले आफ्नो क्रियाकलापहरू संचालन गर्दै आएको छ।
सहकारी संस्थालाई सुशासन, पारदर्शिता, जवाफदेहीता एवम व्यवसायिकताको माध्यमबाट मात्र एक संक्षम संस्थाको रूपमा स्थापित गर्न सकिन्छ। यसै मान्यता अनुरूप संस्था सञ्चालन गर्ने गरी यस संस्थाको निम्न विनियम तथा कार्यविधिहरूको तर्जुमा गरी कार्यान्वयनमा ल्याइएको छस्
  • कर्जा लगानी तथा असुली नीति,
  • आर्थिक प्रशासन विनियमावली,
  • कर्मचारी सेवा शर्त नियमावली
सहकारीको सिद्धान्त एवम मुल्य मान्यता अनुरूप स्थापित सहकारी ऐन नियम एवम सहकारी विभागद्वारा जारी गरिएका निर्देशन तथा अनुगमनबाट दिएका सुझावको परिपालना र कानुनी दायित्व पुरा गर्नु हाम्रो प्रमुख जिम्मेवारी रहेको छ उक्त नीति अनुरूप नियमित रूपमा पेश गर्नूपर्ने विवरणहरू नियमित रूपमा पेश गरेका छौं। यस संस्थाको आन्तरिक संरचनामा परिवर्तन गरी कर्मचारीलाई क्षमता र योग्यताका आधारमा जिम्मेवारी बाँडफाँड गरेर नियमित कार्य प्रगतिको विवरण लिइन्छ। 
आन्तरिक नियन्त्रण प्रणालीलाई अझ व्यवस्थित गरी सही रूपमा यस्को प्रयोग गरी कर्जा लगानी तथा असुली, वजार व्यवस्थापन र सञ्चालन जस्ता कार्यहरूलाई निर्देशित र नियन्त्रित प्रणाली मार्फत अगाडी बढाएका छौं। कर्जा लगानीमा परियोजना अध्ययन पश्चात संस्थाको कर्जा लगानी नीतिद्वारानै कर्जा लगानी गर्ने गरिरहेका छौं।
सेयर सदस्यको व्यावसायिक, सामाजिक एवं आर्थिक स्तरमा सुधार ल्याउन संस्थामा उपलब्ध पूँजीलाई संस्थागत सुशासन अनुरूप परिचालन गरी व्यवस्थित गर्न सकेमा यसको अपरिहार्यता कायम रहन्छ। यसबाट नै सदस्यको जीवनस्तरमा पनि सुधार ल्याउन मद्दत एवं अभिप्रेरित गर्न सकिन्छ। नेपालको संविधान २०७२ ले अंगिकार गरेको ३ खम्वे अर्थनीति अनुसार सहकारीलाई एउटा प्रमुख स्तम्भको रूपमा प्रत्याभुत गरी समग्र अर्थतन्त्रकै मेरूदण्डको रूपमा स्वीकार गर्दै विद्यमान ऐन, नियम र नियामक निकायको निर्देशन अनुरूप यस संस्थाले सहकारीको क्षेत्रमा देखिएका अवसर र चुनौतीहरू दुवैबाट आफुलाई अझ बढी सुदृढी गर्दै आफ्नो गतिविधिहरू सञ्चालन गरी देशको आर्थिक समुन्नतीको पाईलामा केही न केही आफ्नो भूमिका निर्वाह गर्न सक्षम भएको छ। संस्थाद्वारा प्रदान गरिएको सेवालाई अझ थप गर्दै हरेक सदस्यको जिवनस्तर सुधार ल्याउने हेतुले लघु उद्यमी, सिप र आयमुलक व्यावसाय सञ्चालनका लागि सुलभ दरमा क्रण उपलब्ध गराउने एवं स–साना पुँजी एकत्रित गरि प्रभावकारी रूपमा पुँजी परिचालन गर्न हामी प्रयत्नरत छौं।